करेन्ट लागेर २ जनाको मृत्यु ।

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१७ मा एकै परिवारका २ जना को करेन्ट लागेर ज्यान गएको छ ।
अटो रिक्सा चार्ज गर्ने क्रममा अन्दाजी २५ वर्षीय बब्लु कलवार लाई करेन्ट लागेको र उनलाई बचाउन जाने क्रममा उनका ४० वर्षीय परशुराम कलवारलाई पनि करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भिर घाईते दुबैजनाको नेपालगञ्जको नर्सिङ होममा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।
हाल शव परीक्षणको लागि भेरी अस्पताल लगिएको छ ।

 


तपाईको प्रतिक्रिया