अमर राजबंशी गुर्भाकोट/ गुर्भाकोट नगरपालिकाको मुख्य बजार बोटेचौरबाट छिन्चु जाजरकोट जोडने मुख्य सडक पटक पटक खोला पस्दा स्थानीय सरकार भने मौन रहेको छ । यो समस्या बर्खायम सुरु भए देखी को हो ।
स्थानीय बजार बासीहरुले स्थानीय सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि स्थानीय सरकारले भने कुनै पनि चाँसो नदिएको बरु उनिहरु आउदो चुनावमा यहि समस्यलाई चुनावी एजेन्डा बनाउन चाँहाने स्थिानीय बासीहरु बताउछन ।
आधी घन्टा मात्रै पानि परेयो भने पनि यो सडक आबद्ध हुने गर्दछ । सडक छेउमा हिंड्डुल गर्ने अनि सामान किनमेल गर्न बजार आएका मान्छेलाई समेत दुर्घटना हुने जोखिम देखिन्छ । उता स्थानीय सरकार भने आफुहरुलाइ थाहा नै भएको जस्तै गरेको देखिन्छ ।
स्थानीय व्यापारीहरु भने सरकार प्रति निकै आक्रोशित भनेका छ्न । यो समस्या चाँढै समाधान गर्न स्थानीय बजार बासीहरुले माग गरेका छ्न ।


दर्शन खबर । ३ भाद्र २०७९, शुक्रबार