काठमाडौं/ युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको ज्यान गएको छ ।
आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको दरले आएको आँधीले युरोपका अधिकांश शहरका रूखहरू ढलेका छन् । आँधीमा परि मृत्यु हुनेमा अधिकांश रूखले किचिएका हुन् ।
यसैबीच, फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मिनिनले आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दै बिस्थापित सर्वसाधारणको उचित व्यबस्थापन गरिएको जानकारी दिए । फ्रान्सका सयौं सवारीसाधान आँधीका कारण ध्वस्त भएका छन् ।


दर्शन खबर । ३ भाद्र २०७९, शुक्रबार