काठमाडौं / निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सयमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ । यता चाँदीको मूल्य अघिल्लो १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


दर्शन खबर । ३ भाद्र २०७९, शुक्रबार