सुर्खेत । भदौ सात गते गतेदेखी वीरेन्द्रनगरका सामुदायीक विद्यालयहरुले विद्यालय बन्द जनाएपछी अनेरास्ववियु सुर्खेतले ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीहरुले पढ्न पाउने अधिकारलाई बञ्चति गर्न नहुने भन्दै ध्यानाकर्षण भएको जनाएको हो । अनेरास्वीयु सुर्खेतका अध्यक्ष आशिष आर्चायले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै भदौ ७ गतेबाट सामुदायीक विद्यालयहरुले पठन पाठन बन्द गराए अनेरास्ववियु जिल्ला कमिटीले चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएको छ । विहिवार वीरेन्द्रनगरका सामुदायीक विद्यालयहरुले भदौ ७ गते देखी पठन पाठन बन्द गर्ने भनी विज्ञप्ती निकालेपछी अनेरास्ववियु सुर्खेतले यस्तो जनाएको हो ।
भदौ १ गतेका दिन अख्तीयार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जन नमुना माद्यामीक विद्यालय वीरेन्द्रनगर ६ बाट कागजजात जफत गरेपछी वीरेन्द्रनगरमा अवस्थीत विद्यालयहरुले भदौ ७ गतेबाट बन्द गर्ने भन्दै विज्ञप्ती जारी गरी यस विषयमा सामुदायीक विद्यालयहरुको ध्यानाकर्षण भएको जनाएको थियो ।


दर्शन खबर । ३ भाद्र २०७९, शुक्रबार