गुर्भाकोटमा बदेलले मकै बाली नष्ट गर्दा नियन्त्रणको माग गर्दै स्थानिय वडा कार्यालयमा धर्ना

हुम बहादुर कार्की गुर्भाकोट / गुर्भाकोट नगरपालिका वडा न २ मालारानीका किसानहरु जंगली जनावर बदेलले मकै बाली नष्ट गर्दा बँदेल नियन्त्रण को माग राख्दै वडा कार्यालयमा धर्ना गरेका छन ।

मकै बाली लगाएर पाक्ने बेलामा जंगली जनावर बँदेल ले रात को समयमा बारिमा आएर मकै खान थाले पछि यहाँ का किसानहरु चिन्तित बनेका छन । जस अन्तरगत गुर्भाकोट २ लेक मालारानी,गुफा गाउ, डाडा गाउ, पल्लाबारी कोटखोला खरिगैरा, पुराना गाउँ लगायत वरपरका टोलहरु मा बँदेल ले मकै खाएको हुदा किसान हरु निरास बनेका छन । यस्तै बँदेलले गुर्भाकोट १ मा पनि किसानहरु लाई निरास बनाएको स्थानिय हरु को गुनासो रहेको छ ।

स्थानिय वीर बहादुर वलि का अनुसार बँदेल नियन्त्रण का लागि बारिमा अस्थायी कटेरो बनाएर रातभर जागाराम बस्दा पनि अर्को ठाउँ मा बगाले बँदेलले खान सकेको मकै खाने र नसकेको डाठ सहित भाचेर काम नलाग्ने गरि तहस नहस पारेको गुनासो ब्यत्त गर्नु भएको छ ।
यस्तै अर्का स्थानिय भुमी सरा खड्काले जंगली जनावर बँदेल ले यो बर्ष मकै बालिमा ठूलो क्षेति पुर्याएको बताउनु भएको छ ।

बदेल नियन्त्रण माग राख्दै वडा कार्यलय आउनु भएका १५/२० जना को समुहले तत्काल बँदेल लाई नियन्त्रण गरि मकै बाली बचाउन स्थानीय निकायले ध्यान नदिए कर पनि नतिर्ने समुहले प्रतिबद्धता दिएका छन साथै बँदेल ले गरेको क्षेतिपुर्ति सहितको मुजुल्का तयार गरि उचित राहत को ब्यबस्था हुनु पर्ने माग राखेका छन ।

यस बिषयमा गुर्भाकोट वडा न २ का वडा अध्यक्ष नोख बहादुर वलिले नेपाल प्रहरी को रोहबरमा क्षेतिपुर्ति को मुजुल्का तयार गरि नगरपालिका पठाउने बँदेल नियन्त्रण का लागि सम्बन्धित निकायमा तत्काल समन्वय गर्ने बताउनु भएको थियो ।
छलफलमा समाजसेबी खिमानन्द ढकाल मोति प्रसाद चपाइ गोपाल वलि वडा सदस्य नरसिंह वलि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

 


तपाईको प्रतिक्रिया