सुर्खेत /सुर्खेतमा वन सम्बन्धि मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलिन बनेका छन्। वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहिवार पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउने वित्तिकै मृत्यु भएको हो।
उनको मृत्यु भएपछि आफन्तले पक्राउ गर्नेहरुबाट कुटपिट भएपछि मृत्यु भएको आरोप लगाउँदै कार्यालयमै पुगेर आन्दोलन गरिरहेका छन्। आक्रेसित बनेका आफन्तले घटनाको बारेमा सत्यतथ्य छानविन नभएसम्म शव नबुझ्ने बताएका छन्।
वीरेन्द्रनगर वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो।
वीरेन्द्रनगर डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने। कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेको उनले बताए। आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुण्ड्याएर राखेको आरोप लगाएका छन्।


दर्शन खबर । २ भाद्र २०७९, बिहीबार