युवा दिवसकोअबसरमा सांस्कृतिक कार्यक्रम

दैलेख । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दैलेखमा पालिका स्तरिय अन्तरक्रियात्मक सास्कृतिक कार्यक्रम सम्पन्न भएकोछ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, अक्सफाम नेपाल ,युवालय, र वामको सहयोग र डुङ्गेश्वर गाउँपलिका स्तरिय युवा संजालको आयोजनामा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । डुङ्गेश्वर गाउँपलिका वडा नम्वर ४ को वडा कार्यलय अवलपराजुलमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा पालिकाका ४ वटा युवाक्लबले स्थानीय स्तरमा युवाको अवस्था र युवाले अवसरपछि गर्न सकिने कार्यहरुका सम्बन्धमा गित, नाच र नाटक प्रस्तुत गरेका थिय । रचनामार्फत युवाहरुले लैङ्गिक, जातीय, बर्गीय विभेद तथा सामाजिक कुरीतिरभ्रष्टचार नियन्त्रणका लागि आवाज उठाएका थिए ।
उनीहरुलेआफ्नो रचनामार्फत युवाहरुलार्इ प्राथमिकतामा राखेर काम गर्न समेत सुझाब दियका थिए । कार्यक्रममा बोल्दै डुङ्गेश्वर गाउपलिका अध्यक्ष सुन्दर कुमार केसीले युवाहरुलार्इ विभिन्न खालका कुलतबाट जोगाउन र समुदायस्तरमा हुने बिकृति नियन्त्रणका लागि यस्ता जनचेतनामुल ककार्यक्रम प्रभावकारी रहेको बताए ।

उपाध्यक्ष कलावती न्यौपानेले गाउपालिकाले सञ्चालन गर्ने युवा लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै युवाहरुलाई समेटीने खालको रणनीतिका साथ अगाडि बढ्ने बताइन ।
वडा अअध्यक्ष नगेन्द्र बहादुर बुढाले सामाजिक, आर्थिक, राजनैतिक र सस्कृतिक बिकासका लागि युवा मेरुदण्डजस्तै रहेको बताए । युवा देश र समाजका महत्वपुर्ण अंग रहेको बताए ।
शिक्षा युवा तथा खेलकुद साखाका प्रविधिक सहायक सुरेन्द्र भण्डारीले परियोजनाको लक्षित वर्गहरुको उमेर र अवस्था अनुसार कार्यक्रम संचालन गरेको भन्दै युवा नेतृत्व बिकासका लागि शाखा बाट सहयोग र सहकार्य रहने बताए ।
युवालय दैलेखका जिल्ला संयोजक मिना बिश्वकर्माले युवाहरुलाई नेतृत्व तहमा लागि क्षमता बिकास लगायत जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिईन् ।


तपाईको प्रतिक्रिया