कुलेन्द्र शाही सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ समावेशी टोलबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन ।
कर्णाली प्रदेश कार्यालय सुर्खेत, लागु औषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उक्त स्थानबाट ३७ वर्षका किरण गिरी र २६ वर्षेकी सरला शाही थापालाई पक्राउ गरेको हो ।
उनिहरुलाई शंकास्पद अवस्थामा फेलापारी घरको कोठा खानतलासी गर्दा र उनिहरुको साथबाट प्लाष्टिक सहित ४८ ग्राम ८९० मिलिग्राम र शुद्ध ४७ ग्राम र ६२० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्ता देखिने धुलो पदार्थ फेलापारी बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।


दर्शन खबर । २९ श्रावण २०७९, आईतवार