छिन्चु बर्दिया सडकखण्ड अवरुद्ध, प्रहरीमा जाहेरी दिने तयारी 

कुलेन्द्र शाही भेरीगंगा / जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले बिहानदेखि सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन । भेरीगंगा नगरपालिका ५ गेरवानीमा हिजो विहान ८ बजे घास काट्न गएका ४८ वर्षिय पुरुष रामबहादुर चन्द र ६७ वर्षिय महिला पवि वलीको जंगली जनावरले खाएको अवस्थामा शव भेटिएपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका हुन ।

आज बिहान १० बजेदेखि छिन्चु बर्दिया सडकखण्ड स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । स्थानीयले मानवीय क्षति पुर्याउने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, सुरक्षाको ग्यारेन्टी लिने,पिडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने, मध्यवर्ति क्षेत्रको खारेजीको माग अघि सारेको र उनिहरु प्रहरीमा जाहेरी दिने तयारीमा रहेको बताईएको छ ।


तपाईको प्रतिक्रिया