कुलेन्द्र शाही भेरीगंगा / भेरीगंगामा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुन्जको बफरजोनको मध्यवर्ती क्षेत्रमा उनिहरुको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा भेरीगंगा नगरपालिका ५ गेरवानीका अन्दाजी ४८ बर्षिय पुरुष रामवहादुर चन्द र सोही ठाउँका अन्दाजी ६७ बर्षिय महिला पवि वली रहेकोे जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।
आज बिहान ८ बजे घाँस काट्न निस्किएको उनिहरु दुवै जना अबेर सम्म नर्फकेपछि आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देबदत्त गण र स्थानियवासीको संयुक्त टोलीले दुबै जनालाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
मृतक रामबहादुर चन्दको पेट र पबि वलीको घाँटिको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय छिन्चुको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
प्रहरीका अनुसार उनिहरुकोे घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । २९ श्रावण २०७९, आईतवार