कुलेन्द्र शाही भेरीगंगा / पछिल्लो २४ घण्टामा भेरीगंगामा थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य चौकी छिन्चुमा १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ मा संक्रमण देखिएको हो ।
यो सहित भेरीगंगामा कोरोनाका सक्रिय संक्रमितको संख्या १५ पुगेको र १५ जना नै होम आइसोलेसनमा रहेको स्वास्थ्य चौकी छिन्चुका प्रमुख हरी प्रसाद उपाध्ययले बताए । अहिले सबै संक्रमितको अवस्था सामान्य रहेको बताईएको छ ।


दर्शन खबर । २२ श्रावण २०७९, आईतवार