शिवालय गाउँपालिका ५ को वडा कार्यालय भवन बन्दै

कुलेन्द्र शाही जाजरकोट । शिवालय गाउपालिका ५ को वडा कार्यालय भवन निर्माणधीन अवस्थामा रहेको छ । वडाको ठाँटी बजारमा वडा कार्यालय भवन निर्माणको चरणमा रहेको छ । गाउँपालीकाको १५ लाख बजेटमा भवन निर्माणको काम सुरु गरिएको हो ।

३ वटा कोठा एउटा सभा हल तथा भवन १ तलाको रहने शिवालय गाउँपालिकाका असिस्टेन सव इन्जिनियर केशर शाहीले जानकारी दिए । उक्त भवन निर्माण जननिर्वाचित वडा अध्यक्ष गोपाले दमाई नेपाली कांग्रेस शिवालय गाउपालिकाका पार्टी सचिव कृष्ण बहादुर शाही लगायत स्थानियको सल्लाह र विशेष पहलमा भवन निर्माणको काम सुरु भएको हो ।

भवन निर्माण आगामी वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको वडा भवन निर्माणका उपभोक्ता समिति अध्यक्ष दिपक खत्रीले बताए । असार मसान्तसम्म भवन निर्माण भयो भने आगामी आर्थिक वर्षको सुरुबाट वडा कार्यालय भवन संचालनमा ल्याउने वडाको तयारी छ ।

स्थानीयले उपलब्ध गराएको जग्गामा वडा कार्यालयको भवन निर्माणको काम सुरु भएको हो । स्थानीय मनिराम शर्माले वडालाई ३ रोपनी जग्गा उपलब्ध गराएका हुन । वडाको लागि जग्गा उपलब्ध भएपनि राजनितिक प्रतिसोधको कारणले भवन निर्माणमा ढिलाई भएकोे असिस्टेन सव इन्जिनियर शाहीले बताए ।

पहिले निर्वतमान वडा अध्यक्ष चित्र प्रसाद रेग्मीको पालामा वडा कार्यालय स्थिानिय घनश्याम शर्माको घरबाट संचालन हुदैँ आएकोमा वर्तमान वडा अध्यक्ष गोपाले दमाई निर्वाचित भईसके पछि हाल सल्लेरी बहुउद्देश्य सहकारी संस्थाको कार्यालयबाट वडा कार्यालय संचालन हुँदै आएको छ ।

अव नयाँ भवन निर्माणको काम सुरु भएको र निर्माण सकिएमा नयाँ भवनबाट सहज रुपमा सेवा प्रवाह हुने वडा अध्यक्ष दमाईले बताए ।

Open photo


तपाईको प्रतिक्रिया