कुलेन्द्र शाही जाजरकोट / जाजरकोटको शिवालय गाउपालिका ५ र ६ को केन्द्र थालारैकरमा रहेको श्री इन्द्र ज्योति माविको ४६ लाख लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । गाउपालीकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको इन्द्र ज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद शाहीले जानकारी दिए ।

६ कोठे भवन निर्माणपश्चात विद्यार्थीलाई बस्नलाई सहज हुने भएको छ । नवनिर्मित भवनमा कक्षा १ देखि ६ सम्मका विद्यार्थी बस्ने भएका छन ।
शिवालयका सामुदायिक विद्यालयहरुमध्ये इन्द्र ज्योति मावि पछिल्लो समय अब्बल बन्दै गएको छ । शिक्षा कार्यालयले पनि पटक अनुगमन गर्दा भौतिक व्यवस्थापन, सरसफाइ, कक्षाकोठा व्यवस्थापनमा इन्द्र ज्योति मावि उत्कृष्ट रहेको र शैक्षिक सुधारमा कमि भएको बताएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले यो विद्यालयलाई पालीकाकै नमुना विद्यालयका रुपमा अगाडी बढाउन र सामुदायिक विद्यालयले पनि निजी विद्यालय जस्तै गर्न सक्ने उदाहरण बन्नको लागी आफूहरु लागिपरेको बताए ।
उनले भने आफु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको करिब चौध महिना भएको र चौध महिनाको कार्यकालमै ६ लाखको फिल्ड निर्माण,१४ लाखको ३ कोठे भवन निर्माण गर्न सफल भएको र अरु निर्माणधीन अवस्था रहेको उनको भनाई छ ।


दर्शन खबर । २० श्रावण २०७९, शुक्रबार