कुलेन्द्र शाही भेरीगंगा / नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर उकालो लाग्दै गएको छ । जसअन्तर्गत भेरीगंगामा पनि कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य चौकी छिन्चुमा आज १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जना स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरीगंगामा अहिले १० जना सक्रिय संक्रमित रहेका छन ।
उनीहरू सबै होम आइसोलेसनमा छन । भेरीगंगामा यहि साउन १८ गते देखि कोरोना परीक्षण गर्न थालिएको हो । जसमा पहिलो दिन १८ गते ११ जनाको परीक्षण गरिएकोमा २ जनामा, १९ गते अर्थात हिजो १२ जनाको परीक्षण गरिएकोमा ४ जनामा, र आज शुक्रवार १६ जनाको परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य चौकी छिन्चुका प्रमुख हरी प्रसाद उपाध्ययले दर्शन खबरलाई जानकारी दिए ।

कोरोना देखिएका सबैजसोले दोस्रो डोजसम्म कोरोनाविरुद्धको खोप लगाएका छन । संक्रमण तिव्र गतिमा फैलिएको हुँदा सबैले सामाजिक दुरीको पालना गर्ने अन्यसँग बोल्दा कम्तीमा ३ फिटको दुरी कायम गर्ने, मास्क लगाउने, हात धुन र अनुहार नछुन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन ।



दर्शन खबर । २० श्रावण २०७९, शुक्रबार