भत्किएको नाला तत्काल निर्माण गर्न मुख्यमन्त्री र पुर्वाधार मन्त्रीको निर्देशन

सुर्खेत । वीरेन्द्रनगर १२ को हटलाईन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्मको निर्माणधिन नाला भत्किएपछी चर्को आलोचना बढेको छ ।
पुर्वाधार मनत्रालयको लगानीमा निर्माणधिन करिव ५ सय मिटर मध्ये ५० मिटरबढि नाला यही साउन १८ गते भत्किएको थियो ।
निर्माण कम्पनी र प्राविधिकको लापरवाहीका कारण नाला भत्किएको स्थानियले बताएका छन् ।
यसैबिच शुक्रबार कणर्ालीका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले भत्किएको नाला निरिक्षण गर्दै यथाशिग्र बनाउन निर्देशन समेत दिएका छन् । साथै नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमिकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुबैलाई आवश्यक कारवाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरिक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफुखुसी काम गरेकोले नाला भत्किएको बताए ।
तर यता निर्माण कम्पनीका साईड म्यानेजिङ डाईरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किएपनि सरकारी प्राविधिकको दवाबमा काम गर्नुपर्दा स्टमेट भन्दा बाहिर जादाँ नाला भत्किएको बताएका छन् ।

 

आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०.५ मिटर स्टमेट गरिएको र त्यहीपनि सरकारी प्राविधिकको दवाबमा सडक लेवलमा (स्टमेटभन्दा बाहिर गएर) नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।
उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेज अन्तर्गत करिव १ करोड लागतमा विध्या एण्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो ।
गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाईले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्‍याएका कारण नाला बिचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए ।


तपाईको प्रतिक्रिया