हुम बहादुर कार्की गुर्भाकोट / गुर्भाकोट नगरपालिका वडा नम्बर २ मालारानीका कृषकहरु आजभोली व्यावसायिक रुपमा गाई भैंसी पालन गरि यहाँका किसानहरुले बार्षिक ४ करोड भन्दा बढी रकम भित्र्याएका छन । आज भन्दा २/४ बर्ष पहिला दूधको बजारीकरणको ब्यबस्थापन र यातायातको ब्यबस्था नहुदा किसानहरु व्यावसायिक गाई भैंसी पालन मा पछि परेका थिए ।
तर अहिले अवस्था फेरिए सङ्गै गाउँ गाउमा दुग्ध सहकारी तथा दुग्ध संकलन केन्द्रहरु स्थापना साथै बजारीकरण र यातायात को ब्यबस्था भएकी हुदा यस क्षेत्र का किसानहरुले व्यावसायिक रुपमा गाई भैंसी पालन कार्य तिब्र रुपमा अघि बढेका छन र दूध बिक्रिबाट राम्रो आम्दानि गरेका छन । जसका कारण घर खर्च चलाउन सहजै भएको बताएका छन ।
यस क्षेत्रमा बार्षिक लाखौ आम्दानी लिदै आएका पनि छन । गाउँमा सहकारी सस्था हरुले दुध संकलन गरे पछि यहाँ का किसानहरु को मुख्य आम्दानी स्रोत नै दूध बनेको छ ।यसैगरी हरियाली कृषि बजार सहकारी सस्थाले दैनिक ५/ ६ सय लिटर दूध संकलन गरि मासिक १२ लाखमा बढी रकम किसान हरु को हात सम्म गएको उक्त सहकारिका अध्यक्ष मोति प्रसाद चपाइले जानकारी दिनु भएको थियो भने गौरी डेरि उद्योग ढाबले पनि दैनिक ५ सय लिटरमा बढी दूध संकलन भै मासिक १३ लाख मा बढी किसान हरुको आम्दानी स्रोत बनेको उक्त्त डेरि उद्योग का कर्मचारी राजेश डाङ्गिले बताउनुभयो ।
यसैगरि मालारानी समूह गैरिबजारमा बाट मासिक ४/ ५ हजार लिटर दूध संकलन भएको र मासिक ४ लाख मा बढी रकम भएको हरियाली सहकारि का सचिब नन्दलाल भुसालले जानकारी दिनु भएको थियो र निवारण सहकारी ढाब का अध्यक्ष निर्देश वलिका अनुसार त्यस सहकारिमा पनि मासिक २ हजार मा बढी दूध संकलन भएको र मासिक १ लाख मा बढी किसानहरु को मुख्य आयस्रोत बनेको बताउनु भयो ।
गुर्भाकोट नगरपालिका वडा नम्बर २ का तिलक ढकालले दैनीक २५ लिटर दूध बिक्रि गर्दै दूध बाट बार्षिक ३/४ लाख रुपैयाँ आम्दानी भएको बताउनु भएको छ । उहाँ का अनुसार व्यावसायिक रुपमा गाई भैंसी पालनले घर खर्च चलाउन देखि सम्पुर्ण आर्थिक कारोबारमा सजिलो भएको स्थानीय स्तरमै व्यावसायिक रुपमा भैंसी पालनले परिवार सङ्गै घरको रेखदेख पनि हुने भएको एकदमै खुसी भएको पनि बताउनुभयो ।

यस्तै स्थानीय गणेश बहादुर ढकालले पनि व्यावसायिक भैंसी पालनले बार्षिक २/३ लाख आम्दानी भएको बताउनु भएको छ। उहाले बेरोजगार न्यूनीकरण का लागि यो पेशामा लाग्न सबैको ध्यान जान जरुर भएको बताउनु भएको थियो । उहाँ हरुको जस्तै मालारानी का किसान को मुख्य आम्दानी स्रोत दूध उत्पादन बन्दै गएको छ ।
मालारानिका दुग्ध सहकारी डेरि तथा समुहहरुले कृषक बाट सिधै दूध संकलन गरि बिरेन्द्रनगर सुर्खेत पठाए का छन । पछील्लो बर्ष को तुलनामा यस बर्ष दूध उत्पादन दोब्बर ले बढ्दै आएको छ भने दूध को मुल्यमा पनि वृद्धि भएको छ । नेपाल सरकारले दुग्ध उत्पादन किसानहरुलाइ प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न अनुदान का कार्यक्रम तथा तालिमहरु सन्चालन गर्दै आएको छ । यसकारण आजभोली को समयमा यस क्षेत्रमा गाई भैंसी फार्म दर्ता गरि व्यावसायिक रुपमा दुग्ध उत्पादनमा जोड दिन थालेका छन ।
मालारानीमा लगभग ३ सय बढि कृषकहरुले दुग्ध उत्पादन गर्दै आएका छन । यसैगरि यस क्षेत्र का किसान हरु लाई व्यावसायिक बनाउन हरियाली कृषि बजार सहकारीले अनुदान मा भैंसी खरिद देखि घाँस का बिरुवाहरु कृषि औजार लगायत तालिम गोष्ठी कार्यक्रमहरु विभिन्न सहकारी समूह लगायत वडा कार्यलय र नगर कृषि शाखा मार्फत संचालन हुँदै आएको गुर्भाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नोख बहादुर वलिले बताउनुभयो ।


दर्शन खबर । २० श्रावण २०७९, शुक्रबार