क्यान्सर पीडित प्रेम परियारलाई सहयोग गरिदिन परिवारको आग्रह


कुलेन्द्र शाही भेरीगंगा । गरीबीका कारण आर्थिक अवस्था कमजोर भएको भेरीगंगामा एक क्यान्सर रोग पीडित परिवारले सहयोगको अपेक्षा गरेको छ ।
दुई बर्ष देखि क्यान्सर रोग सँग लडिरहेका सुर्खेतको भेरीगंगा नगरपालिका ४ बाउनीचौर का २८ बर्षीय क्यान्सर पीडित प्रेम परियारको परिवारले सहयोगको अपेक्षा गरेको हो ।
प्रेम करिब ४ वर्ष देखि पेटको क्यान्सर भएकोले पैसा नहुँदा र घर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनु हुने सम्पूर्ण माझ सहयोगको अपेक्षा गरिएको छ ।
प्रेमको उपचारको लागि चल अचल सम्पत्ति सबै सकिएर ऋण समेत लागेर तिर्न नसकेको उनका साथी मिलन खड्काले बताए । पीडित परिवारमा उनका एउटा ५ वर्षिय छोरा छन् भने श्रीमतीले उनीलाई छोडेर माइतीघर गएको करिब ४ महिना बितेको छ।

उनको उपचारको लागि धेरै खर्च भएको तथा अहिले आर्थिक अभाव भएको कारण उनको उपचार गर्न थप समस्या भएको बिरामीका साथी खड्काले बताए । प्रेमको सहयोगको लागि उनका भाई शेर बहादुर दमाईको मोबाइल नम्बर ९८४२३२६४३३मा सम्पर्क गरी तथा सिभिल बैकको खाता नम्बर ०८९१०५८७४५४०१२ मा रकम जम्मा गरेर क्यान्सर पीडितलाई सहयोग गरी दिन परिवारले अपिल गरेको छ । प्रेम क्यान्सर पीडित हुनु भन्दा पहिले कलाकारिता क्षेत्रमा नाच्ने, गाउने, लय,शब्द संकलन गर्ने गर्दथे । अहिले उनको कलाकारिता क्षेत्रको काम ठप्प भएको छ ।

 


तपाईको प्रतिक्रिया