
सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर ५ ले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाको विकट वडाको रुपमा रहेको वडा नम्वर ५ नेटामा प्राईम बैंक शाखा लेकवेशी ४ दशरथपुर ले वडा नम्वर ५ नेटामै पुगी सामीजक सुरक्षा भत्ता वितरण गरकेको हो । नेटा देखी दशरथपुर सम्म आउन अशक्त, जेष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीहरुलाई कठिनाई हुने गरेको जनगुनासो बढ्न थालेपछी वडा अध्यक्ष चक्र बहादुर शाहीको पहलमा वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता विरण गरिएको हो । विगतका दिनमा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागी दशरथपुर आउनु पर्दा दुख हुने गरेको र यस पटक भने वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहरु खुशी भएका छन् ।


दर्शन खबर । १२ श्रावण २०७९, बिहीबार