गुर्भाकोटमा शुभाघाट शहरी खानेपानीको प्रारम्भिक मिटर रिडिङ्ग कार्य सुरु


दिपेन्द्र पंगाली
सुर्खेत । गुर्भाकोट नगरपालीकाको शुभाघाट खानेपानी संस्थाले प्रारम्भिक मीटर रिडिङ्ग कार्य सुरु गरेको छ । गुर्भाकोट नगरपालीकाका ४ वडा वडाहरुमा शुभाघाट खानेपानी संस्थाको समन्वयमा टिर जडान सम्पन्न भए पश्चात विहिवार देखी मिटर रिडिङ्ग कार्य सुरु गरिएको हो । गुर्भाकोट नगरपालीका वडा नम्वर ६,७,८, र ९ मा मिटिर रिडीङ्ग कार्य सुरु गरिएको हो । वडा नम्वर ९ का वडाध्यक्ष ज्ञान बहादुर खत्रीको प्रमुख अगुवाईमा मीटर रिडिङ्ग कार्य सुरु गरीएको हो । शुभाघाट शहरी खानेपानीको मीटर जडान गरेका प्रत्यक घरले मासिक रूपमा तोकिएको दरमा महसुल तिर्नुपर्ने र महशुल दर भने यो प्रारम्भिक रिडिङ्ग सकिए लगतै वडा भेला गरेर सार्वजिक गरिने वडा अध्यक्ष ज्ञान बहादुर खत्रीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया