
मुगु । मुगुमा एक पुरुषले श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भनेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा मुगमकार्मारोङ गाउँपालिका –८ माङ्ग्रीका २७ वर्षीया सोनाम तामाङ रहेका छन् । सक्ली भन्ने स्थानमा आफ्नै गोठमा बस्ने गरेका उनले मंगलबार बेलुकातिर घरमा श्रीमतीलाई फोन गरी म कर्णाली नदीमा हाम फाल्छु भनेका थिए ।
त्यसपछि मोबाइल अफ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार सोनामले रु.४५ हजार आफु बस्ने ठाउँमा छोडेर बेपत्ता बनेका छन् । यद्यपि परिवारले बुधबार बिहान १० बजेमात्रै खोजविनका लागि प्रहरीलाई खबर गरेको उनले बताए । पाण्डेका अनुसार प्रहरी चौकी छाइललाले उनको खोजी कार्य जारी राखेको छ ।


दर्शन खबर । ११ श्रावण २०७९, बुधबार