
सुर्खेत । वीरेन्द्रनगरमा रसायनीक मलको अभाव संगै महंगी भएको भन्दै जनगुनासो आएपछी बुधवार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय सुर्खेतको अगुवाईमा, साल्ट ट्रेनिङ्ग, वीरेन्द्रनगर नगरपालिका र कृषी समाग्र्री कम्पनी लिमिटेडको संयुक्त टोलीले वीरेन्द्रनगरका एग्रोभेट तथा खुद्रा पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा धेरैजसो एग्रोभेट तथा खुद्रा पसलमा रसाएनीक मल बिक्री वितरणका लागी ईजाजत पत्र नलिई विक्री वितरण गर्ने गरेको पाईएको छ । ईजाजत पत्र नभएकाहरुलाई तत्काल ईजाजत पत्री लिन र ईजाजत पत्र नवीकरण नभएका एग्रोभेटहरुलाई ५ दिनमा वीरेन्द्रनगर नगरपालिकामा कागजपत्र सहित उपस्थीत हुन निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा दिप प्रशाद ज्ञवालीले जानकारी दिनुभयो ।


दर्शन खबर । ११ श्रावण २०७९, बुधबार