भेरिगंगा १३ ले वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

सुर्खेत । भेरिगंगा नगरपालिका वडा नम्वर १३ ले समुदाय स्तर तथा वडा बाटै सामाजिक सुरक्षा भत्ता विरण गर्ने भएको छ । वडा नम्वर १३ को कार्यायले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुले छिन्चुको शिभिल बैंकमा गई सामाजिक सुरक्षा भत्ता लिदाँ विभिन्न समस्या तथा कठिनाईहरु हुने भएको भन्दै १३ नम्वर वडाको विभिन्न स्थानमा सामाजिक सुरक्षा भत्ता विरण गर्ने गरी तयारी गरिएको वडा अध्यक्ष गणेश बहादुर भण्डारी द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । जस अन्तरगत साउन ११ गते साविक रामघाट गाविसको वडा नम्वर ८ र ९ का लागी लालिगुराँश माधमिक विद्यालय, साउन १२ गते साबिक वडा नम्वर ६ र ७ का लागी वडा कार्यलय भवन र अन्य छुटपुटहरुका लागी साउन १३ गते वडा कार्याबाटै सामाजिक सुरक्षा भत्ता विरण गरिने भएको हो । भत्ता लिन आउँदा लाभग्राहीहरुले नागरिकता तथा मतदाता परिचयपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा परिचयपत्रको प्रतिलिपी साथमा लिएर तोकिएको स्थानमा आउन पनी वडा कार्यालयले लाभग्राहीहरुलाई अनुरोध गरेको छ ।

 


तपाईको प्रतिक्रिया