
दिपेन्द्र पंगाली
गुर्भाकोट । लामो समय देखि सञ्चालन हुन नसकेको जिर्ण अबस्थामा रहेको बोटेचौर बजारको पुरानो सार्वजनिक शौचालय भत्काइएको छ । नयाँ शाैचालय निर्माण सम्पन्न भएको २ बर्ष हुदा पनि सञ्चालनमा नआए पछी बोटेचौर बासिलाई शौच गर्न समस्या भएको थियो । सार्वजनिक शौचालय अबको केही दिनमा बोटेचौर बजार ब्यबस्थापन समितिको पहलमा संचालन गर्न लागीएको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष तेज बदुर खत्रीले जानकारी दिए । शौचालयको नया भवन प्रयोगमा आए पश्चात बोटेचौर बासिमा सहज हुने अपेक्षा लिईएको छ ।


दर्शन खबर । १० श्रावण २०७९, मंगलवार