
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान आफ्नै निवासमा रहेका वडाध्यक्षमाथि सोही वडाका अविनास नेपाली र टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले घाइते वडाअध्यक्षको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको जानकारी दिए ।
घटनामा संलग्न दुईजनाकाे खोजी भईरहेको जाजरकोट प्रहरीले जनाएको छ ।
उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले वडाअध्यक्षमाथिको आक्रमणको निन्दा गरेका छन् ।


दर्शन खबर । १० श्रावण २०७९, मंगलवार