गुराँस प्रकरणः आन्दोलन, तोडफोड र धर्ना समस्याको समाधान होईन ।

  1. उO

पवित्रा आचार्य ।
दैलेख । गुराँस गाउँपालिकामा जागीर बचाउन माग गर्दै करारका कर्मचारीले आनदोलन तथा धर्ना दिईरहेका छन् । असारको महिना सकिनु २ दिन अगावै गुराँस गाउँपालिकाले करारका कर्मचारीको नविकरण नगर्ने निर्णय गरेपछी एकाएक करारका कमर्कचारीहरु आनदोलनमा उत्रिए । यसो तः करारका कर्मचारीको जहिले जसो असार मसान्तमा समयावाधी सकिने वयवस्था रहेको छ । गाउँपालिकाले निर्णय गरेको दिन भन्दा २ दिन पछाडी सम्म करारका कर्मचारीहरुको जागीर त थियो नै । तर पनी एकाएक उनिहरु आन्दोलन तथा तोडफोडमा आएपछी उनिहरुको आन्दोलन राष्ट्रव्यापीनै बन्न गयो जबकी संघिय संसदमा समेत यो आन्दोलन तथा तोडफोडको विषयमा दैलेखकै प्रतिनिधि सभा सदस्य राज बहादुर बुढाले कुरा उठाए ।

 

जनताको रोजीरोटी खोस्ने अधिकार सरकारलाई छैन, किन भने जनताको रोजिरोटी जोगाउनुनै सरकारको दायित्व हो । तर गुराँस गाउँपालिका दैलेखमा भने सरकारलाईनै चुनौती दिने र स्थायी कर्मचारीको भरमा बर्चश्व जमाउने करारका कर्मचारीको सपना तुहियो । त्यसपछी राजनितीक आडमा आन्दोलनको तयारीमा जुटे करारका कर्मचारी, चुनाव अविधीभर पार्टीको झण्डा बोकी कार्यालयको कामलाई व्यवास्ता गरेका उनिहरुलाई जसरी भएपनी जागीर बचाउनु थियो । गुराँस सरकारले करारका कर्मचारीको नविकरण नगर्ने भने पछी, के गर्ने आनदोलनको विकल्प छैन, यसो तः तोडफोड गर्ने सरकारी सम्पत्तीको क्षती गर्ने र दादागरी गरी जागीर बचाउने उनिहरुको दाउ काम लागेन । अहिले पनी गाउँपालिकाको कार्यालय क्षेत विक्षेत रहेकको छ, झ्यालका शिसाहरु फुटेका छन्, टिनका पाताहरु धरासयि बनेको छ भने प्रहरी सहित केही घाईते समेत भएका छन्, र अहिलेप्रहरीले सुरक्षा दिईरहेको छ, आज सम्म पनी करारका कर्मचारीले धर्ना दिन छोडेका छैनन् ।
ईमान्दारी पुर्वक कार्यालयका बस्ने, जनताको काम गर्ने पार्टिको झण्डा नबोक्ने गरेत राम्रो हुने थियो । आनदोलन गर्ने करारका कर्मचारी भन्दा धेरै पार्टीका कार्यकर्ता थिए, यसरी गाउँपालिकाको कार्यलय तोडफोड गरेर जागीर बच्ने र जागीर खान पाईने भएत लोकसेवाको कार्यालयमा गएर तोडफोड गरे भैगो, लोक सोवामा नाम निकाल्न नसक्ने, भण्डा बोकेकै भरमा जागीर खाने अनी जागीर जाने भएसी आन्दोलन गर्ने, ? यस्ता गतिविधीले के शन्देश दिने ? आन्दोलन तोडफोड र धरना समस्याको समाधान होईन् वार्ता समझदारी र छलफलबाट समस्या समाधान गर्न आवश्यक छ ।

लेखक-  गुराँस गाउँपलिका ४ की समाजसेवी हुन् ।

 

तपाईको प्रतिक्रिया