रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, सञ्चालकसहित डेढ सय युवायुवती

 

रुपन्देही । आइतबार प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित जानकीनगरको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको छ ।

घर भाडा नै लिएर कार्यालय खोली सर्वसाधारणलाई म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने गरेको खुलेपछि सञ्चालकसहित डेढ सय कामदार युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा प्रहरीले एक भारतीय र दुई नेपालीले घर भाडामै लिएर धन्दा चलाउदै आएको जनाएको छ । कामदार नै खडा गरेर कल सेन्टरले विभिन्न मानिसका मोबाइल ह्वाट्सप, फेसबुकमा चिट्ठा प¥यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

तपाईको प्रतिक्रिया