शिवालय गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने

कुलेन्द्र शाही सुर्खेत / कर्णाली प्रदेशका स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारीहरुलाई हटाउन थालेको छ । करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको जनाउँदै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन ।
जाजरकोटको शिवालय गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने भएको छ । शिवालय गाउँपालिकामा कार्यरत करार कर्मचारी हटाउने भएको छ । गाउँपालिकाको असार २८ गतेको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो ।

गाउँपालीकाको शाखा तथा इकाइका पुर्वाधार विकास शाखा बाहेकका पालिकाको अनुदानबाट तलब खाने सबै करार कर्मचारी, वडा कार्यालयका करार कर्मचारी, कृषि तथा पशुपन्छि विकास शाखाका करार कर्मचारी, गाउपालीकाको स्वास्थ्य शाखा र सो अन्तर्गतका इकाईका सबै करार कर्मचारी, शिक्षा युवा तथा खेलकुद विकास शाखाका अनुदान शिक्षक, बालविकास सहजकर्ता र हलुका सवारी चालकमा कार्यरत सबै कर्मचारीलाई साउन १ गतेदेखि कामकाज नगर्न पत्राचार गरेको छ ।

May be an image of text


तपाईको प्रतिक्रिया