कुलेन्द्र शाही सुर्खेत/ भेरीगंगा नगरपालीकामा १० दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आर्थिक सहयोग तथा मध्यपश्चिम ट्रेनिंङ एण्ड रिसर्च सेन्टर वीरेन्द्रनगरको आयोजना र उद्योग विकास शाखा छिन्चुको समन्वयमा भेरीगंगा नगरपालिका ४ हर्रेमा १० दिने उद्यमशीलता तालिम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रम भेरीगंगा नगरपालीका ४ का वडा अध्यक्ष गंगा बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनुभएको थियो । युवा तथा पछाडी परेका वर्गहरुलाई उद्यमशिलता विकासको माध्यम बाट उद्यम प्रति उत्प्रेरित गराई विभिन्न सीप विकास तालिम दिई स्वरोजगार र आत्मनिर्भर वनाउने उदेश्यले यस्ता तालिमहरु दिदै आएको मध्यपश्चिम ट्रेनिंङ एण्ड रिसर्च सेन्टरका निर्मल कुमार थापाले बताउनुुभयो ।
कार्यक्रममा वोल्दै भेरीगंगा नगरपालीका ४ का वडा अध्यक्ष गंगा बहादुर खत्रीले तालिम सिक्ने चाहाना राखेर आएका सहभागीहरुले भोलीका दिनमा सीकेको सिपलाई कार्यन्वयमा गर्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि रहनुभएका नगर प्रमुख यज्ञ प्रसाद ढकालले युवाहरु बिदेश जाने क्रम रोक्न र महिलाहरुमा घरमै बसेर जिबन उकास्न सहज होस भन्ने उद्देश्यले यस्तो तालीम संचालन गरेकोमा मध्यपश्चिम ट्रेनिंङ एण्ड रिसर्च सेन्टर र उद्योग विकास शाखालाई धन्यवाद व्यक्त गर्नुभयोे ।
यस्तै कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालीका नगर उपप्रमुख धनसरा बोहोराले भेरीगंगा नगरवासीहरुमा सीपमुलक तथा उद्यमशिलता तालिमको आवश्यक भएको भन्दै मध्यपश्चिम ट्रेनिंङ एण्ड रिसर्च सेन्टर र उद्योग विकास शाखाबाट यस्ता सिपहरु दिदै आएकाले अब आफ्नै ठाउमा उद्यम व्यवसाय गरि आत्मनिर्भर हुने वताउनु भयो ।
कार्यक्रममा उद्योग विकास शाखा फोकल पर्सन चित्रा डाँगीले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर सफल व्यवसायी बनाउने अभियानमा शाखा अगाडी वढेकाले व्यवसायीहरुको हक हित र क्षमता अभिबृद्धिका लागी बिभिन्न किसिमका तालिमहरुलाई अगाडी वढाएको जानकारी गराउनु भएको थियो ।तालिममा भेरीगंगा नगरपालिका ४ का २५ जना प्रशिक्षार्थी सहभको सहभागिता रहेको थियो ।
१० दिनसम्म सञ्चालन भएको तालिममा उद्यम र उद्यमशीलता, व्यवसायीक महत्व, सफल उद्यमिमा गुण तथा विशेषताहरु, बजार र बजारीकरण, व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयहरु सिकाईएको थियो भने उक्त कार्यक्रममा गत वैसाखमा सम्पन्न भएको १ महिने होमस्टे तथा मौलिक सिङ्गारु नाच तालीम सिकेका १५ जना प्रशिक्षार्थीहरुलाई प्रविधि सामाग्री पनि हस्तान्तरण गरिएको उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेलले दर्शन खबरलाई जानकारी दिनुभयो ।
उक्त तालीममा भेरीगंगा नगरपालीका नगरप्रमुख यज्ञ प्रसाद ढकाल, नगर उपप्रमुख धनसरा बोहोरा, भेरीगंगा नगरपालीका ४ का वडा अध्यक्ष गंगा बहादुर खत्री, उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल, आर्थिक विकास संयोजक प्रेम बहादुर सारु, उद्योग विकास शाखा फोकल पर्सन चित्रा डाँगी ,उद्योग बाणिज्य संघ भेरीका महासचिव पुर्ण बहादुर खत्री, मध्यपश्चिम विश्व विद्यालयका सुर्खेतका निर्मल कुमार थापा, भेरीगंगा नगरपालीका ४ का निर्वतमान वडा अध्यक्ष महावीर खत्री, मध्यपश्चिम ट्रेनिङ एण्ड रिसर्च सेन्टरका संचालक बिनोद लम्साल, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका उद्यम विकास सहजकर्ता हिमाल तिवारी, माध्यमिक विद्यालय हर्रेका प्र अ महेन्द्र कुमार डि.सि, हरे सामुदायिक बन अध्यक्ष नारायण जंग शाह, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रकाश वलि, नगरप्रमुख स्वकिय सचीव मान बहादुर नेपाली, होमस्टे संचालक अध्यक्ष टिकाराम बुढा मगर, सिलाई तथा ढाका व्याग प्रशिक्षक खिमा कुमारी स्वती मगर लगाएत अन्य अथितीहरुको पनि उपस्थिति थियो भने तालिमको सहजिकरण उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसीले गर्नुभएको थियो ।







दर्शन खबर । २९ असार २०७९, बुधबार