सुर्खेत / सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारीको म्याद थप नगर्ने भएको छ । बुधबार बसेको नगर कार्यपालिका बैठकले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हो । उनिहरुको २०७९ साउन १ गते देखि लागुहुने गरि सम्झौता थप नगर्ने निर्णय कार्यपालिकाले गरेको हो ।
म्याद थप नगरिएका कर्मचारीहरुमा १ सय ४ जना सडक मर्मत सम्भार कार्यकर्ता र १० जना सामाजिक परिचालक रहेका छन ।


दर्शन खबर । २९ असार २०७९, बुधबार