सुर्खेतको वीरेन्द्रनगरमा करेसा बारीमा लडेर एक वृद्धाको मृत्यु

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा करेसा बारीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । नगर प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ शान्तिटोलका ९० वर्षीया धनरूपादेवि दमाईको मृत्यु भएको हो ।
हिजो दिउँसो तीन बजेको समयमा धनरुपादेवि घरबाट निस्किँएको र साँझसम्म घरमा नआएको भन्दै उनका छोराले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले खबर पाउँनसाथ उहाको घरमा गएर धनरूपादेविलाई खोज्दै जाँदा घर नजिकै आफ्नै करेसा बारीमा लडेर मृतक अवस्थामा फेला पारेको थियो ।
धनरूपादेविको खोजीमा प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।


तपाईको प्रतिक्रिया