कुलेन्द्र शाही सुर्खेत / सुर्खेतको भेरीगंगा नगरपालिकामा बालश्रम निवारण गुरूयोजनामा स्थानीय तहसँग समन्वय कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय विरेन्द्रनगर सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बालबालिकाकाहरू जोखिम निकृष्ट रूपमा परेका बालबालिकाको बिषयमा छलफल भएको छ ।
बालश्रम कसरी मुक्त गर्न सकिन्छ ? सबै सरोकारवाला निकायले त्यसको विषयमा प्रचारप्रसार गर्नु त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? लगायतका विषयमा श्रमिकहरूको अवस्था, ज्याला र उनीहरूको पारिश्रमिकको अवस्थाको विषयमा श्रम तथा रोजगार कार्यालयकी अधिकृत सुनिता कुमारी दर्लामीले सहजीकरण गर्नु भएको थियो।
श्रमजीवि वर्गको सामाजिक सुरक्षा, हाल ट्रेड युनियनहरूले के गरिरहेका छन । नेपालमा श्रमिकहरूका लागि कस्तो कानुनी व्यवस्था रहेको छ भन्ने कुरामा प्रष्ट पारिएको थियोे ।
रोजगारसम्बन्धी व्यवस्था, काम गर्ने समय, सुरक्षा, विमा, बिदा र सञ्चयकोष सम्बन्धीको विषयमा जानकारी गराइएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षालाई सहभागी माझ बढी अवगत गराएको थियोे । बालश्रम परेका बालबालिका कसरी पारिवारिक मिलन बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका रोजगारदाता, राजनीतिक दल, कर्मचारी, विद्यार्थी,उद्योगी, व्यवसायी, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विशेषगरी रोजगार दाताहरूको कार्यक्रम उल्लेख्य सहभागिता रहेको थियोे ।


दर्शन खबर । २९ असार २०७९, बुधबार