गुर्भाकोटमा रोकेर राखेको बसमा आगलागी

सुर्खेत / जिल्लाको गुर्भाकोट नगरपालिका–३ कुरिल्ले नजिक रोकेर राखेको बसमा आगलागी भएको छ । मंगलबार राती ना ६ ख ४०४ नम्बरको बसमा आगलागी भएको हो । अस्थाई प्रहरी पोष्ट बोटेचौर सुर्खेतकाअनुसार गुर्भाकोट–३ कुरिल्ले स्थित छिन्चु–जाजरकोट सडक खण्डमा रोकेर राखेको बसमा आगलागी भएको हो ।

मंगलबार सल्यानको सल्लिबजारबाट नेपालगञ्जतर्फ मर्मतको लागि लिँदै गर्दा ईन्जिन तातिएर नचल्ने समस्याभई बाटोको छेउमा रोकेर राखिएको समयमा आगलागी भएको प्रहरीको भनाई रहेको छ । प्रहरीकाअनुसार रातीको समयमा बसमा आगलागी भई आगो आफै नियन्त्रणमा आईसकेको र बस पुर्णरुपले जलि नष्ट भएको छ भने कुनै पनि मानवीय क्षति भएको छैन् ।


तपाईको प्रतिक्रिया