सुर्खेत / अछामका एक प्रशिक्षार्थी प्रहरीको मृत्यु भएको छ । लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको हो । अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
असार २२ गते दिपायलस्थित प्रहरी तालिम केन्द्रमा १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए । उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टरमार्फत कोहलपुर रेफर गरिएको थियो । प्रहरीका अनुसार कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज उहाँको मृत्यु भएको हो । मृत्युको कारण भने खुलेको छैन । रेडियो नेपाल


दर्शन खबर । २६ असार २०७९, आईतवार