सुर्खेत / जिल्लाको गुर्भाकोट नगरपालिकामा रहेको मेहलकुना अस्पताको नयाँ भवन निर्माणको क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार भवन निर्माणको काम गर्दै गर्दा करेन्ट लागेर गूर्भाकोट नगरपालिका–६ का १७ वर्षीया विजय विकको मृत्यु भएको हो ।
विजयको मृत्यु भएसँगै आइतबार आफ्न्त तथा स्थानीयहरुले मेहलकुना बजारमा पदर्शन गरेका छन् । उक्त पदर्शनले बजारमा तनाव सिर्जना भएको छ । स्थानीयहरूले सडकमा टायर बालेर आजवजावत गर्ने सवारी साधनहरूमा रोक लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारले आफ्न्तहरूले उचित क्षतीपूर्तिको माग गर्दै पदर्शन गरेका जानकारी दिए ।
उनले भने, ‘मेहलकुना अस्पतामा नयाँ बन्दै गरेको भवनमा काम गर्दै गर्दा करेन्ट लागेर उहाँको मृत्यु भएको हो, हाल नगर प्रमुख, उपप्रमुख, अस्पताल प्रशासन र आफन्तहरूबीच सहमतीका लागि बार्ता चलिरहेको छ, भने बाहिर पदर्शनको अवस्था पनि समान्य रहेको छ । केही समयपछि सहमति हुन्छ ।’


दर्शन खबर । २६ असार २०७९, आईतवार