वीरेन्द्रनगर १ को कार्यालयमा आगजनीका आराेपीत लामीछाने पक्राउ


सुर्खेत । वीरेन्द्रनगर नगरपालीका वडा नम्वर १ को कार्यालयमा पेट्रोल छर्कीएर  आगजनीका आराेपीत वास्तान लामीछाने पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ का २५ बर्षीय  बास्तना भनीने स्तालीन लामीछाने लाई बुधवार वेलुकी ६ बजेको समयमा भेरीगंगा १२ छिन्चुबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट साधा पोशाकमा खटीएको प्रहरीले पक्राउ गरेको हो ।
लामीछानेले २०७८ साल असोज ६ गते बिहान १० बजेको समयमा वीरेन्द्रनगर नगरपालीका १ नम्बर वडा कार्यालयमा पेट्रोल छर्की आगो लगाएकाे आराेप पछी फरार भएका थिए ।

 


तपाईको प्रतिक्रिया