सवारी ज्यान मुद्धामा फरार प्रतिबादी पक्राउ

सुर्खेत / सवारी ज्यान मुद्धामा फरार रहेका एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ४ बस्ने बर्ष ३२ को नर बहादुर दमाई रहेका छन ।

उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, दमाईलाई बिशेष सूचनाको आधारमा उक्त खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगर पालिका वडा नं ४ स्थितबाट पक्राउ गरेको हो ।

उनीमाथि सवारी ज्यान मुद्धामा सुर्खेत जिल्ला अदालतको फैसला आदेशले रु ३२,००० (बत्तिस हजार) जरिवाना र ३ बर्ष कैद सजाय तोकेको थियो । तर उनी हाल सम्म फरार रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ गरी उनलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया