भाडामा लिएका जग्गाहरुको निगरानी गर्ने नगर प्रमुख मोहनमाया ढकालको भनाई

सुर्खेत / वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले नगर विकास विकास समितिबाट भाडामा लिएका जग्गाहरुको निगरानी गर्ने बताउनुभएको छ । आज प्रमुख ढकालले नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गर्दै नगर विकासबाट भाडा लिएका जग्गाहरुमा एक व्यक्तिले सम्झौता गर्ने र अरुलाई महंगोमा भाडामा दिने प्रवृत्ति बढेकाले अब नियमन गर्ने बताउनुभएको हो ।

ढकालले निगरानीका लागि प्रक्रिया मिलाएर अगाडी बढ्न विभिन्न राजनीति दलकासँग परामर्श लिएर नगरवासीले खोजेको समयमा थाहा पाउँने गरेर अबको ६ महिनाभित्र समितिले आफ्नो सम्पत्तिको सबै विवरण सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीको नगरपालिका रहेकाले यहाँको विकासका लागि सम्पूर्ण राजनीतिक दलहरुसँगै सहकार्य र सल्लाहअनुसार अगाडी बढ्ने उहाको प्रतिवद्धता छ । आम नागरिकको सहयोगसँगै गुरुयोजनालाई पालना गर्दै भविश्यमा नागरिकका लागि आय, आर्जन र नगरको सुन्दरतासँगै ध्यानमा राखेर नगरको विकासमा जोड् दिने ढकालको भनाई छ ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेलले नगर विकास समितिको सम्पत्तिलाई संरक्षण गर्ने दायित्व समिति अध्यक्ष एवम् नगर प्रमुखकै भएकाले गम्भीर भएर लाग्न सुझाव दिनुभयो ।


तपाईको प्रतिक्रिया