सुर्खेतको भेरीगंगामा इनारमा डुबेर एक जनाको मृत्यु

सुर्खेत / सुर्खेतको भेरीगंगा नगरपालिका–४ का एक पुरुषको इनारमा डुबेर मृत्यु भएको छ । आज भेरीगंगा–१० तोलिखोलामा इनार सफा गर्नेक्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा भेरीगंगा–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन । प्रहरीका अनुसार आज बिहान ८ बजेको समयमा इनार सफा गर्दा डुबेका यामबहादुरको बिहान ११ बजे मृत अवस्थामा इनारबाट शव निकालिएको हो ।

यामबहादुरको उद्धार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले गरेको रक्तकाली गण बाङ्गेसिमलका एसपी विमल डाङ्गिले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया