नेता वामदेव गौतमले नयाँ पार्टी गर्दै

सुर्खेत / नेकपा एकता अभियान सञ्चालन गरिरहनुभएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने हुनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको हो ।

गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहने छ ।गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लाग्नुभएको हो ।

घोषणा हुन लागेको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल,आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी एकता गरिएको पाण्डेले जानकारी दिनुभयो । उक्त पार्टीमा आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि सामेल हुने पाण्डेले बताउनुभयो ।


तपाईको प्रतिक्रिया