कुलेन्द्र शाही सुर्खेत / आर्थिक समृिद्धको आधार, लघु उद्यम मार्फत स्वरोजगार कार्यक्रम अन्र्तगत मेसिनबाट ७ दिने दुना टपरी बनाउने सीप विकास तालिम आज शनिबार भेरीगंगा नगरपालिकामा सम्पन्न भएको छ ।
भेरीगंगा नगरपालीकाको आर्थिक सहयोग र उद्योग विकास शाखाको आयोजना तथा उपहार महिला लघु उद्यमी सहकारी संस्थाको समन्वयमा तालिम सम्पन्न भएको हो। । वन तथा जंगलमा खेर गइरहेका सालको पातलाई सदुपयोग गर्दै भेरीगंगा नगरपालीका वडा नम्वर ५ र १० का १२ जना महिलालाई तालिम दिइएको थियो ।
मठ मन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजा लगायत धार्मिक कर्मकाण्डमा दुना टपरीको प्रयोग कम हुँदै आएको हुदाँ दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने, महिला दिदीबहिनीहरुलाई घरमै बसेर रोजगारको सिर्जना गर्न सकिने र दुना टपरीको महत्व अझै पनि नघटेको नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनुभयो ।
बीरेन्द्रनगर,रामघाट,जहरे,मेहलकुना,बोटेचौर,सिम्ता,सल्यान,जाजरकोट,नेपागञ्ज लयाततका ठाउमा निर्यात गर्न सके राम्रो आम्दानी हुने ढकालले बताउनुभयो । बजारीकरणको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । त्यस्तै आफुले सिकेको सिपलाई व्यवहारमा लागू गरी जिवनस्तर उकास्न थप टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग बिकास शाखा प्रमुख पिताम्बर पौडेलले भेरीगंगामा सालको पात पर्याप्त मात्रामा पाइने र आफ्नै घरमा बसेर व्यवसाय गर्न सकिने भएकाले यो तालिमले महिलाहरूलाई स्वरोजगार बनाउन निकै मद्दत पुग्ने बताउनुभयो ।
समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमका भेरीगंगा नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल,उप प्रमुख धनसरा बोहोरा,वडा न १० का वडा अध्यक्ष बीर बहादुर बस्नेत,वडा नं ५ की दलित महिला सदस्य खगिसरा नेपाली, प्रशिक्षक हरिकला रम्तेल लगायत १२ जना सहभागीको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता सुनिता जैसिले गर्नुभएको थियो ।


दर्शन खबर । ११ असार २०७९, शनिबार