दुर्गा विसि
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आब २०७९/२०८० को लागि आर्थिक वर्ष नीति तथा कार्यान्वयन गर्नको लागि ६९ करोड ९१ लाख विनियोजन गरेको छ। जस तर्फ चालुतर्फ ४४ करोड ४५ लाख अर्थात ६३.६ प्रतिशत र पुजि गत तर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० का लागि अनुमान गरिएको खर्च व्यहोर्नुपर्ने स्रोतहरु मध्ये आन्तरिक राजस्व बाट १ करोड रहेको छ । नेपाल सरकार वितिय समानिकरण अनुदान १२ करोड ६४ लाख, विशेष अनुदान बाट ७० लाख, समपुरक अनुदान बापत १ करोड र शसर्त अनुदानबाट २७ करोड १३ लाख तथा राजस्व वाडफाडबाट १२ करोड ६४ लाख रहेको छ ।
त्यस्तै गरि कर्णाली प्रदेश सरकार बाट वितिय समानिकरण अनुदान १ करोड ३० लाख, राजश्व वाडफाड २९ लाख, कर्णाली प्रदेश समपुरक अनुदान १ करोड विशेष अनुदान ७० लाख र सशर्त अनुदान २ करोड ५७ लाख व्यहोर्ने र गत आवको बाकी ९ करोड बचत रकम रहेको जनाएको छ ।
विपद व्यवस्थापन १५ लाख, पर्यटन १ करोड, वन तथा भु सरक्षण र जलाधार सरक्षण १ करोड ६५ लाख, बनगाड खोला र सङ्ग्रही खोला तटबन्धको लागि ४० लाख, सस्थागत विकास सुशासन तथा सेवा प्रबाहमा १२ करोड ११ लाख,लैगिक समानता र सामाजिक समाबेशिकरण ३० लाख सफा र शुद्ध खानेपानी सरसफाइ गर्ने हाम्रो बाली ६५ लाख, युवा खेलकुद तथा मनोरञ्जन ३० लाख स्वास्थ्य सेवा २ करोड आर्युवेद १५ लाख, शिक्षामा गुणस्तर उच्च सामाजिक जिवनस्तर २ करोड ७० लाख, उज्यालो नगर उर्जा १ करोड, स्थानीय पुर्वाधार सडक १ करोड ५० लाख,साना सिचाइ ५० लाख,कृषि तर्फ ७० लाख, सार्वजनिक सेवाका लागि वडा कार्यालय निर्माण ८० लाख, चमेना गृह २० लाख,वडाका सबै वडामा ४० लाख दरले १२ वडामा ४ करोड ८० लाख, गत आवमा सम्झौता भइ संचालनमा भएका योजनाहरुमा ३ करोड ८० लाख विनियोजन गरिएको छ ।
आ.व २०७९/२०८० का लागि संघीय सरकार बाट समपुरक अनुदान र कर्णाली प्रदेश सरकार बाट समपुरक अनुदान गरि २ करोड सहित साझेदारी कार्यक्रममा संचालन गर्ने गरि नगरपालिका २ करोड छुट्टयाइएको छ । स्वास्थ्य विधेयक साझेदारी विधेयक र नगर शिक्षा विधेयक पहिलो संशोधन,सार्वजनिक खरिद नियमावली पहिलो संशोधन पेश गरिएको छ ।
नगर सभाले अर्को महत्त्वपूर्ण निर्णय आउँदो आर्थिक वर्ष देखि नगरमा नागरिकता सिफारिस शुल्क निशुल्क गर्ने निर्णय भएको जनाएको छ ।


दर्शन खबर । ११ असार २०७९, शनिबार