कुलेन्द्र शाही सुर्खेत /‘मानवताको लागि योग’ भन्ने नाराका साथ सुरु भएको सुर्खेतको भेरीगंगामा निशुल्क योग शिविर सम्पन्न भएको छ । विश्व योग दिवसको अवसरमा गत ७ गते देखि सुरु भएको निशुल्क योग शिविर आज शनिवार सम्पन्न भएको भेरीगंगा नगरपालीका आयुर्वेद शाखा प्रमुख छविलाल खड्काले बताउनुभयो ।
निशुल्क योग शिविर भेरीगंगा नगरपालीका आयुर्वेद शाखा जहरे सुर्खेतको आयोजनामा सञ्चालन गरिएको थियो । शिविर छिन्चु स्थित सारदा माध्यमिक विद्यालयको प्राङ्गणमा संचालन गरिएको थियो ।
शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण ?पमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको भेरीगंगा नगरपालीका आयुर्वेद शाखा प्रमुख छविलाल खड्काले बताउनुभयो ।
निशुल्क शिविरमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा, कर्मचारी र बिद्यार्थीले भाग लिएका थिए । योग शिविरमा पंतजली योग समिति कर्णाली प्रदेश समिति संयोजक शिवराम जैसि र ध्यान तथा मानसिक शान्तिको कक्षा ब्रहमा कुमारी आरती रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दलकी प्रमुख सचेतक माननिय अमृता शाही, भेरीगंगा नगरपालीका वडा नं १२ का निवर्तमान वडा अध्यक्ष हरी प्रसाद कंडेल भेरीगंगा नगरपालीका भौतिक पुर्वधार शाखा प्रमुख इन्जिनियर विजय के.सी, रामजानकी सामुदायिक वन उपभोेक्ता समुहका कोषाध्यक्ष नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको रहेको भेरीगंगा नगरपालीका आयुर्वेद शाखा प्रमुख छविलाल खड्काले जानकारी दिनु भयो ।


दर्शन खबर । ११ असार २०७९, शनिबार