सुर्खेत / पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा आज विहानै बस दुर्घटनामा परेको छ । काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बस दुर्घटनाहुँदा ८ जना सामान्य घाइते भएका छन् ।
विहान करिव ६ बजेको समयमा ना ८ ख १३६ नम्बरको बस सडक छेउमा पल्टीएको हो । ४३ जना सवार उक्त बस तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ ।


दर्शन खबर । ११ असार २०७९, शनिबार