सिम्ता गाउँपालिकाको वजेट ५९ करोड ९५ लाख २४ हजार

दुर्गा विसि
सुर्खेत –  सुर्खेतको उत्तरि पुर्वी सिम्ता गाउँपालिकाको आर्थिक वर्ष २०७९र०८० का लागि सभामा ५९ करोड वढिको वजेट पेस गरिएको छ ।आर्थिक ,सामाजिक ,सस्थागत बिकासका लागि पुर्बाधार,सुशासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ गाउँ सभा आ.व २०७९/०८० को नीति तथा कार्यक्रम सभामा पेस गरिएको थियोे ।गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्रस्तुत गरेका थिए । आर्थिक विधेक ,बिनियोजन बिधेयक र बजेट बक्तब्य सभाका उपाध्यक्ष गोमा शर्मा(रेग्मी)ले प्रस्तुत गर्दै ५९ करोड ९५ लाख २४ हजार बजेट बिनियोजित गरिएको छ।
साथै न्यायिक समिति ,विधायन समिति,सुशासन समिती,लेखा समिती र कृषि बिधेयक २०७९ सभाका अध्यक्षले टेबुल गरेका थिए । अन्य बाकी यी बिषयमा छलफल को लागि सभाका अध्यक्ष चन्दले आषाढ १७ गते ११ बजेका लागि सभा स्थगित गरिएको जानकारी दिए ।सभामा प्रस्तुत गरेका विषयमा दफावार छलफलको लागि असार १७ गते नै सभा आह्वान गरिएको छ।

आ.व २०७९/०८० को सिम्ता गाउँ पालिकाको बजेट सभामा सुर्खेत क्षेत्र नम्बर १ का माननीय ध्रुब कुमार शाही र निवर्तमान कर्णाली प्रदेश सभा सदस्य माननिय ठम्मर विष्टले पानसमा बत्ती बनाएर उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रकाश कुमार चन्दले गरेका थिए भने अतिथिलाई स्वागत मन्तव्यबाट स्वागत गाउँपालिका उपाध्यक्ष गोमा शर्मा(रेग्मी)ले गरेको जनाएको छ ।

उक्त सभाको शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष कविन्द्र कुमार केसी,एमाले नेता पुर्ण बहादुर शाही,डण्डि प्रसाद शर्मा , डम्मर घर्ती,काँग्रेस नेता टेक बहादुर सिह विरेन्द्र रावत , समाजवादीका नेता भुवान बहादुर बुढा र सिम्ता बहुमुखी क्याम्पस सञ्चालन समिति अध्यक्ष नेत्रलाल महताराले गरेको जनाएको छ ।


तपाईको प्रतिक्रिया