बाँकेको ढकेरी नजिक ट्रकले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

सुर्खेत / पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरी नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ।

मोटरसाइकलमा बाँके बैजनाथ गाउँपालिका वडा नं २ का दिलबहादुर कटुवाल र उनकी श्रीमती खत्री सवार थिए। ट्रकको ठक्करबाट घाइते भएका श्रीमान र श्रीमती दुवैलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उपचारको क्रममा श्रीमतीको मृत्यु भएको हो।


तपाईको प्रतिक्रिया