सुर्खेत/ जाजरकोटको भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र ८० का लागि ६८ करोड ४० लाख ३१ हजार ८ सय ५० रूपैयाँ बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ ९ करोड ८ लाख, र चालुतर्फ ५ लाख ४० हजार विनियोजन गरिएको छ ।
यस्तै, संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान रू १२ करोड ६० लाख, सशर्त अनुदान चालुतर्फ रू २७ करोड ५ लाख, राजश्व बाँडफाँड वापत रू ११ करोड ६७ लाख ४९ हजार, बिशेष अनुदान रू २० लाख गरी जम्मा रु ६० करोड ६० लाख ४९ हजार र कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रू १ करोड २८ लाख ४५ हजार, राजश्व बाँडफाँड वापत रू १० लाख ९७ हजार ८ सय ५०, सशर्त अनुदान पुँजीगत ४ करोड ७० लाख गरि जम्मा रु ६ करोड ८४ लाख ३९ हजार ८ सय ५० र नगरपालिकाको आन्तरिक श्रोतबाट रू १ करोड ६५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।


दर्शन खबर । ११ असार २०७९, शनिबार