सुर्खेत / जाजरकोटले कुशे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड १६ लाख २० हजार रकम विनियोजन गरेको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष देविका सिंहले उक्त बजेट गाउँ सभामा पेश गरेकी थिईन् ।
जसअन्तर्गत वितिय समानिकरण तर्फ ९ करोड ४९ लाख, ससस्त्र अनुदान तर्फ चालु २३ करोड ३७ लाख, ससस्त्र अनुदान पुँजीगत तर्फ ७७ लाख, राजश्व बाडफाँड तर्फ १० करोड ६ लाख, प्रदेश सरकार बाट प्राप्त अनुदान वितिय समानिकरण ९३ लाख १९ हजार, ससस्त्र अनुदान, ५४ लाख ३० हजार ,बिशेष अनुदान ५८ लाख ८७ हजार,समपुरक अनुदान ९१ लाख, प्रदेश राजश्व बाडफाँड ५ लाख रहेको बताइएको छ ।आन्तरिक राजश्व अनुमानित ११ लाख १५ हजार, गत बर्षको अनुमान, १५ लाख ६९ हजार रहेको छ ।
व्ययतर्फको बजेट अन्तर्गत वडा कार्यालयहरुको वार्षिक चालु प्रकृतिका कर्मचारीको पारीश्रमीक खर्च १० करोड ६ लाख, ससस्त्र अनुदान तर्फको खर्च शिक्षकको तलव चालू र पुँजीगत गरि २४ करोड १२ लाख बजेट रहेको छ । विशेष अनुदान रु ५८ लाख ८७ हजार, समपुरक अनुदान ९१ लाख र ससस्त्र अनुदान रु २ करोड ५४ लाख ३० हजार रहेको छ ।


दर्शन खबर । ११ असार २०७९, शनिबार