लेकबेशीको बजेट ७४ करोड ८७ लाख 

सुर्खेत । जिल्लाको लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ बराबरको बजेट ल्याएको छ । बुधबार आगामी वर्ष २०७९र८० का लागि नगर उपप्रमुख विमला खड्लुकले उक्त बजेट ल्याएकी हुन् ।

उपप्रमुख खड्लुका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रूपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, विकास साझेदार संघसस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रूपैयाँ बजेट लेकबेशीको रहेको छ ।


तपाईको प्रतिक्रिया