सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिका ४ सहिद चोकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साझ साढे सात बजेको समयमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
उहाका अनुसार दशरथपुरदेखि गंगटे सरिया लगेर जाँदै गरको भे २ प ६६ नम्बरको ट्याक्टरको इन्जिन फेल भएर सकडमै पल्टिएको हो ।
उक्त ट्याक्टर दुर्घटनामा परि लेकबेशी ४ का २९ वर्षीया यमबहादुर परियार गम्भीर घाइते भएको र उहाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।
यस्तै, ट्याक्टरमा सवार दिपक बराली पनि घाइते भएको र उहाको उपचार भईरहेको छ ।


दर्शन खबर । ७ असार २०७९, मंगलवार